काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर एकआपसमा भिड्ने भएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा निर्वाचनमा उनीहरू एउटै क्षेत्रमा उम्मेदवार भएका हुन् ।
नेकपा एमालेले झापा क्षेत्र नम्बर २ मा सभामुख घिमिरेलाई टिकट दिएको छ । उनले २०७९ सालको निर्वाचन पनि सोही क्षेत्रबाट जितेका थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पनि झापा क्षेत्र नम्बर २ का लागि टिकट दिएको छ । २०७९ को निर्वाचनमा उनी समानुपातिक सांसद थिइन् ।
FACEBOOK COMMENTS