अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनका प्रवक्ता एन्जल उरेनियाले पूर्वराष्ट्रपति क्लिन्टनलाई क्यालिफोर्नियाको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएकी छन्।
उनलाई मंगलबार अस्पताल भर्ना गरिएको र स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ। उनलाई अस्पताल भर्ना गरिएको भए पनि यसबारेमा केही जानकारी दिइएको थिएन।
७५ वर्षीय क्लिन्टनलाई मुटुसम्बन्धी समस्या रहेको अस्पताल स्रोतले रोयटर्सलाई जानकारी दिएको छ। उनको उपचार गराइरहेका चिकित्सकका अनुसार हाल क्लिन्टनलाई एन्टिबायोटिक्स र फ्लूइड्स दिइएको छ।
FACEBOOK COMMENTS