काठमाडौं । भोलि शुक्रबार र पर्सि शनिबार ‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’ आयोजना हुने भएको छ ।
नेपालका लागि फोर्थिङ प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालिले थापाथलीमा दुई दिने फेस्ट आयोजना गर्न लागेको हो ।
ग्राहकलाई आफ्नो पुराना सवारी साधन अपग्रेड गरी ‘फोर्थिङ फ्राइडे’ सँगै दिगो र प्रिमियममा मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । यस अवसरलाई ग्राहकलाई सात लाख रुपैयाँसम्मको विशेष सुविधा प्रदान गरिएको छ ।
जस अनुसार ग्राहकले एक्सचेञ्ज बोनस, नगद छुट, एक वर्षको अटो प्लस बीमा, एक वर्षको सडक कर र नि:शुल्क स्पेयर टायर र एसी जार्चरलगायत वस्तु तथा सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ । यो मेला प्रवर्द्धनात्मक कार्यक्रम मात्र नभइ ग्राहकलाई प्रिमियम मोबिलिटीको भविष्य अपनाउन सघाउ पुर्याउने माध्यम पनि भएको कम्पनीको दाबी छ ।
फोर्थिङ चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी ‘डोङफेङ मोटर ग्रुप’ सहायक कम्पनी ‘डोङफेङ लिझाउ मोटर कम्पनी लिमिटेड’ अन्तर्गतको प्यासेञ्जर भेहिकल ब्राण्ड हो ।

FACEBOOK COMMENTS