काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले लाभांश वितरण गर्न भन्दै मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्दैछ । आजसम्म कायम सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश हात पार्न सक्नेछन् ।
संस्थाले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने भएको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा, चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS