काठमाडौं । नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टिएमवान र सोकोन ईभी भ्यानहरूले विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् ।
फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा सहज बनाउने जनाएका छन् ।
चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ । केही विशेष मूल्यहरू भने केवल प्रदर्शनी मै सार्वजनिक हुने जनाइएको छ । टिएमवानको मूल्य ३३ लाख ७४ हजारबाट घटाएर २६ लाख ९९ हजार कायम गरिएको छ । माउन्टेन ईभी र सोकोनईभी भ्यानले विशेष अफर ल्याएको छ ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टिएमवान वा सोकोनईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस, र क्यासलेस इन्स्योरेन्सग्यारेन्टीका साथ प्राप्त हुनेछ।साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडीलिन सक्ने छन्।
यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोनटुनल्यान्डपिक अप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजारको शपिंग कुपन, साथै ३ वर्ष सम्म पार्ट्स सहितको प्रिभेन्टिभमेनटेनेन्स सर्भिस सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ।माउन्टेनईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पार्ट्ससहित ५ पटकसम्म निस्शुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ।सोकोनईभीभ्यान ले पनि हरेक खरिदमा आकर्षक छुट सँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ।
यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन्।
FACEBOOK COMMENTS