काठमाडौं, फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा आफ्नो भूमिका अझ मजबुत बनाइरहेको छ ।
उद्यमी, संस्थान र यातायात संचालकहरूका लागि फोटोनका भरपर्दा, किफायती र टिकाउ गाडीहरू ठूलो सहारा बनिरहेका छन्। इन्धनको मूल्य बढ्दै गएको र सफा सवारी साधनको माग बढिरहेको अवस्थामा फोटोनका इलेक्ट्रिक र कमर्सियल गाडीहरूले व्यवसायलाई अझ स्मार्ट र कम खर्चमा सञ्चालन गर्न मद्दत गरिरहेका छन् ।
धेरै साना व्यवसायीहरूका लागि फोटोन भरपर्दो विकल्प बनेको छ । बनेपाका जितबहादुर तामाङका अनुसार त्:१ ले उत्कृष्ट पिकअप, राम्रो आराम र उकालो–ओरालो दुबैमा भरपर्दो ब्रेकिङ उपलब्ध गराउँछ । खर्च कम गराई राम्रो बचत भैरहेको छ, उनी लाई साँच्चै नै “कमाईको राजा’’ भन्छन् । डिजेल र पेट्रोल गाडीबाट त्:१ मा सरेपछि उनको मर्मत र इन्धन खर्च धेरै घटेको छ, र घरमै चार्ज गर्न सकिने सुविधा हुँदा दैनिक काम झनै सजिलो भएको छ ।
शैक्षिक संस्थाहरूले पनि सुरक्षित र टिकाउ यातायातका लागि फोटोन रोजिरहेका छन्। रेहडन एजुकेसन फाउन्डेसनका मुख्य प्रशासक तिलकराम सिंखडाले फोटोन ईभी भ्यानको स्मूथ, शान्त र कम्पनरहित अनुभवको प्रशंसा गरे। अभिभावकहरूले पनि डिजेल भ्यानको तुलनामा यसमा निकै फरक महसुस गरेको बताएका छन् । यसको आराम, बलियो ब्याट्री प्रदर्शन,सुरक्षा, एसी र आधुनिक सुविधाले यसलाई विद्यालय यातायातका लागि विश्वासिलो विकल्प बनाएको छ ।
धेरै वर्षको अनुभव भएका यातायात व्यवसायीहरू पनि फोटोनप्रति त्यत्तिकै सन्तुष्ट छन् । समाखुसी यातायातका २५ वर्ष अनुभव भएका चालक श्री ईश्वर प्रसाद न्यौपानेका अनुसार फोटोन ईभी भ्यान चलाउन निकै सहज छ, आराम “भीआईपीजस्तै’’ छ, र ब्याट्री रेन्ज दिनभरी काम चल्ने खालको छ। उनी भन्छन्, चार्जिङ स्टेसनहरू सजिलै भेटिन्छन्, र गाडीले सुरुदेखि नै उत्कृष्ट भरोसा दिँदै आएको छ ।
उत्कृष्ट प्रदर्शन, इलेक्ट्रिक दक्षता र देशभर उपलब्ध सपोर्टका कारण फोटोनले नेपाली व्यवसायलाई खर्च घटाउन, सफा सवारी अपनाउन र भविष्यलाई अझ दिगो बनाउन मद्दत गरिरहेको छ। फोटोन नेपाली समुदाय र यहाँका उद्योगहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छ ।

एमएडब्लू वृद्धि कमर्सियलको बारेमा-

एमएडब्लू वृद्धि कमर्शियल नेपालमा कमर्शियल गाडी उपलब्ध गराउने संस्था हो, जसले राम्रो मोबिलिटी समाधान विकास गर्ने लक्ष्य राखेको छ । कम्पनी फोटोन गाडीहरूको अधिकृत वितरक हो र ग्राहक सन्तुष्टिलाई ध्यानमा राखेर विश्वसनीय र प्रदर्शनमा आधारित सेवा दिनमा गर्व गर्दछ । एमएडब्लू वृद्धि कमर्शियलले व्यवसायहरूले उच्च गुणस्तरका गाडी र उत्कृष्ट आफ्टर–सेल्स सर्भिस सजिलै पाउन सकून् भनेर देशभर आफ्ना शोरुम र सर्भिस नेटवर्कहरू विस्तार गरिरहेको छ ।

FACEBOOK COMMENTS