काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी संस्थापक सदस्य खेम कुमारी भुर्तेल उर्मिलाले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।
बुधबार एक वक्तव्य जारी गर्दै उनले रास्वपा परित्याग गरेको जानकारी दिएकी हुन् ।
पार्टीमा योग्यता र क्षमताभन्दा पनि चाप्लुसीवाद मौलाएको र पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित हुने गरेकोले रास्वपामा रहिरहन नसकिएको उनले बताएकी छन् ।
आजै रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।
FACEBOOK COMMENTS