काठमाडौँ । अष्ट्रेलियाको बोन्डी बीचमा गत हप्ताको यहूदी बिदाको समयमा बन्दुकधारीहरूले सुरुमा चारवटा विस्फोटक पदार्थ फ्याँकेको खुलेको छ ।
जारी गरिएका नयाँ कागजातहरू अनुसार, यी मध्ये एउटा ’टेनिस बल बम’ भएको उल्लेख छ । यी विष्फोटक पदार्थ विस्फोट भने भएका थिएनन् ।
डिसेम्बर १४ मा हनुक्का उत्सवको समयमा भएको आक्रमणको सम्बन्धमा २४ वर्षीय नावेद अक्रमलाई १५ वटा हत्याको आरोप सहित दर्जनौं अपराधको आरोप लगाइएको छ । आक्रमणको क्रममा प्रहरीले गोली हानेपछि नावेद अक्रमलाई अस्पताल भर्ना गरिएको थियो । सोमबार अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई जेल पठाइएको छ ।
नावेद अक्रमका बुबा र अर्का संदिग्ध बन्दुकधारी साजिद अक्रमको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । प्रहरी कागजातहरूका अनुसार, दुवैले अक्टोबरमा एउटा भिडियो रेकर्ड गरेका थिए जसमा उनीहरू कथित इस्लामिक स्टेट समूहको झण्डाको अगाडि बसिरहेको देखिन्छ । प्रहरीले आक्रमणको योजना बनाएको बताएको छ । बोन्डी बीचमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको थियो र धेरै घाइते भएका थिए ।
FACEBOOK COMMENTS