काठमाडौैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालमा अमेरिकी सहयोग नियोग (यूएसएड) अन्तर्गत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार कार्यक्रम रोकिएको अर्थ मन्त्रालयले सोमबार जनाएको हो ।
मन्त्रालयका अनुसार यी कार्यक्रम ९० दिनका लागि रोकिएका हुन् ।
त्यसैगरी, ट्रम्पको आदेशपछि सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रमसमेत रोकिएका मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS