काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक कुमारी क्यापिटलमा एफपिओ बाँडफाँड भएको हो ।
कम्पनीको एफपीओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको थियो । १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये ४ हजार ६७२ जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली भएको छ ।
लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता सय रुपैयाँका दरले ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS