काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि एफपीओ निष्कासन गरेको छ ।
संस्थाले प्रतिकित्ता १ सय रुपैयाँका दरले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन गरेको छ ।
यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यो सेयरमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १९ गतेसम्म आवेदन दिन सकिने छ ।
यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS