काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले निष्कासन गरेको सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको ४ लाख ७५ हजार ४४९।१५ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरेको हो । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यसमा आवेदन दिन सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ । एफपीओ निष्कासनपछि ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS