काठमाडौं । महुली लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले शुक्रबार बिहान एफपीओ बाँडफाँट गरेको हो ।
जसमा ४७ हजार ५५४ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । त्यस्तै ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् ।
यो शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्येमा १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरोशेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एण्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रूपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्युअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन २५ मंसिर १४ गते यो रेटिङ दिएको हो ।
FACEBOOK COMMENTS