काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि एफपीओ निष्कासन गरेकोे हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS