काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बैशाख ७ गते बाँडफाँट भएको छ ।
५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
यसमा १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएका मध्य २ हजार ५२३ जनाको आवेदन रद्द भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आवेदन दिएका १९ लाख २० हजार ९३९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । आइपीओको नतिजा विन नेपालको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर र सीडीएस एन्ड क्लियरिङको आइपीओ नतिजा हेर्न वेबसाइट बाट हेर्न सकिन्छ ।
FACEBOOK COMMENTS