काठमाडौं । हिमालयन बैंकले आगामी असार ३२ गतेदेखि आफ्नो एफपीओ निष्कासन गर्ने भएको छ ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर सार्वजनिक रुपमा बिक्रीमा ल्याउन लागेको हो ।
यो एफपीओबाट बैंकले करिब १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढी पुँजी संकलन गर्ने लक्ष्य राखेको छ। यस माध्यमबाट बैंकले आफ्नो संस्थापक तथा सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ७०:३० कायम राख्न चाहेको जनाएको छ ।
एफपीओ निष्कासनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहनेछ । इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि समेत आवेदन दिन सकिनेछ ।
एफपीओमा छिटोमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयसम्म आवश्यक मात्रामा आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म थपिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS