काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन ९एफपीओ०मा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । सीडीएस एन्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९ कित्ता एफपीओ निष्काशन गरेको छ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS