काठमाडौँ । फ्रान्सेली सरकारले फ्रान्सका लागि अमेरिकी राजदूत चाल्र्स कुशनरलाई स्पष्टिकरण सोधेको छ ।
कुशनरले फ्रान्सलाई यहूदीहरू विरुद्ध बढ्दो घृणाका घटनाहरू रोक्न असफल भएको आरोप लगाएको भन्दै स्पष्टीकरण मागेको हो ।
तर फ्रान्सेली विदेश मन्त्रालयले कुशनरको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ र उनको टिप्पणीलाई अस्वीकार्य भनेको छ ।
चाल्र्स कुशनर एक यहूदी हुन् र उनको छोराले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पसँग विवाह गरेका छन् ।
उनले अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई खुला पत्र समेत लेखेका थिए ।
यसमा कुशनरले गाजामा युद्ध सुरु भएदेखि फ्रान्समा यहूदीहरू विरुद्ध घृणाका घटनाहरू बढेको दाबी गरेका थिए ।
FACEBOOK COMMENTS