भक्तपुर । शनिबार भक्तपुरमा भएको नि:शुल्क छाती रोग सम्वन्धी शिविर भएको छ । शिविरमा झण्डै दुई सय जनाको नि:शुल्क एक्सरे परीक्षण गराएका छन् । राष्टिय क्षयरोग नियन्त्रण केन्द्र र जन्त्र नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोग, लायन्स क्लव अफ भक्तपुर नमस्तेको सहकार्य तथा एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा नि:शुल्क एक्सरे भएको हो । त्यसका लागि एकजना चिकित्सक डाक्टर प्रमोद भटराईसहित तीनजना नर्सहरु, एकजना रेडियोग्राफरसहित दर्जन स्वयससेवकहरुले सेवा दिएका थिए ।
नि:शुल्क एक्सरेमा स्थानीयबासी, स्कुलका शिक्षक कर्मचारीहरुलगायत अन्य विभिन्न ठाउँंहरुबाट सेवा लिन आएको लायन्स क्लव अफ भक्तपुर नमस्तेका अध्यक्ष लायन्स रोहन रञ्जितले जानकारी गराए । टोलमा टिभी संक्रमणको समस्या विकराल देखिएको आशंकामा सेवा दिन पुगेको उनले जनाए । परीक्षणपछि टिभीको शंका लागेकाहरुका लागि खकार संकलन पनि गरिएको थियो । पोजेटिभ देखिए उनीहरुलाई उपचारका लागि रिफर गरी पठाउने जनाइयो ।
FACEBOOK COMMENTS