कामठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय संस्था, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पुनः ग्रे लिस्टमा राखेको छ।
फ्रान्सको पेरिसमा आयोजित बैठकमा यो निर्णय गरिएपछि नेपालले आगामी दुई वर्षका लागि वित्तीय सुधारको कठिन चुनौती सामना गर्नुपर्ने भएको छ। यसअघि, २००९ देखि २०१४ सम्म नेपाल यस लिस्टमा परेको थियो।
एफएटीएफको बैठकले नेपाललाई समावेश गर्ने निर्णयसँगै, भ्रष्टाचार, करछली, वित्तीय अपराध र खुलेआम हुन्डी कारोबारजस्ता गम्भीर समस्याहरुको समाधान गर्न नेपाललाई समय दिएको छ। यदि नेपालले एफएटीएफले निर्धारण गरेका सुधारका कार्यहरू सन्तोषजनक रूपमा सम्पन्न गर्न सकेन भने, नेपाल ब्ल्याक लिस्टमा समावेश हुने जोखिममा पर्नेछ।
नेपालको प्रतिनिधित्व गर्दै, प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक हरि नेपाल बैठकमा सहभागी छन्। यससँगै, लाओस पनि एफएटीएफको ग्रे लिस्टमा समावेश भएको छ, जबकि फिलिपिन्स दुई वर्षपछि यस लिस्टबाट बाहिरिएको छ।
नेपालका लागि यो अर्को ठूलो चुनौती हो, जसका लागि एफएटीएफले निर्धारित कार्य समयमै पुरा नगरे भने नेपालको आर्थिक प्रतिष्ठामा थप संकट आउन सक्ने चेतावनी दिइएको छ।
FACEBOOK COMMENTS