मोरङ । ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका मोरङको जहदा गाउँपालिका–१ बस्ने ३० वर्षीय सुनिल सरवरीयालाई प्रहरीले पक्राउ गरेको छ ।
जहदा गाउँपालिका–१ राजवंशी चोक बस्ने ३८ वर्षीय मुकेश कुमार साह र उनकै श्रीमतीलाई कात्तिक १० गते साँझ सुनिल समेतका व्यक्तिहरूले ज्यान मार्ने उद्योग गरेको घटनामा जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई फरार रहेका उनीहरू मध्ये सुनिललाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS