काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सचालन हुन लागेको बन्दमुखी योजना ‘एनआबीएल स्टेबल फन्ड’ का इकाईहरुको बाँडफाँट सम्पन्न भएको छ ।
क्यापिटलले यसमा आवेदन दिएका ३९ हजार २७१ जना आवेदकहरुलाई माग बमोजिम नै सेयर बाँडफाँट गरेको छ । क्यापिटलले बीज पुँजी सहित कुल १० करोड इकाईहरु माग २ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो ।
यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुला गरेको थियो । तर ३९ हजार २७१ जना सर्वसाधारण आवेदकहरुले मागभन्दा बढी आवेदन दिएपछि योजनाको आकार बढाएर मागअनुसार बाँडफाँट गरिएको एनआइएमबी एसले जनाएको छ ।
सर्वसाधारणले ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि आवेदन दिएका थिए । यससँगै, योजनाको आकार १ अर्ब १३ करोड रुपैयाँ अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको छ ।
FACEBOOK COMMENTS