काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) अध्यक्ष दिनेश अग्रवालले फर्निचर व्यवासायले अर्थतन्त्रमा ठुलो योगदान गरेको बताए ।
नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) द्वारा आयोजित फर्नेक्स नेपाल २०२३ मा बोल्दै यस्तो बताएका हुन् ।नले अर्थतन्त्रमा ठुलो योगदान दिने फर्निचर उद्योग व्यवसाय धरासायी भएको बताए । उनले भने, ‘अर्थतन्त्रमा ठुलो योगदान दिने फर्निचर उद्योग व्यवसाय धरासायी भएको छ । मौलिक कुरा झल्काउन फर्निचर हराएको छ , काठ जंगल मै कुहुने अवस्था आएको छ।’
यद्यपि, गलैँचाको व्यापारमा भने फड्को मारेको अध्यक्ष अग्रवालले दावी गरे । राजाधनीमा आयोजित फर्निचर एक्सपोले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने उनको भनाई छ । मेलामा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत विदेशी ब्रान्ड रहेको उनले बताए ।
FACEBOOK COMMENTS