काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मुल्य हिजो (बुधवार) तोलाको १ लाख २९ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्थै चाँदीको मुल्य भने तोलामा ३० रुपैँयाले बढेको छ ।
आज चाँदीको मुल्य तोलाको १४ सय ७० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैँयामा किनबेच भएको थियो ।
FACEBOOK COMMENTS