काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS