काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ ।
बुधबार तोलामा १ हजार ८ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS