काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १६ सय रुपैयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार आज छापावाल सुन आइतबार १ लाख ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS