काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । आज चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS