काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
बिहीबार प्रतितोला १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज १८ सय ले बढेर नयाँ रेकार्ड कायम गरेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबर भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS