काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।
हिनो (सोमबार) प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS