काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदी १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS