काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । । बिहीबार १६ सय रुपैयाँले बढेको सुन आज (शुक्रबार) ४०० रुपैयाँले बढेसँगै मुल्य उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन चाँदी तोलाको १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS