काठमाडौं । नेपाली बजारमा सुनको मुल्य आज प्रतितोला २३ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मुल्य मंगलबार प्रतितोला २ हजार ३ सय रुपैयाँ घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार चाँदी १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार चाँदी १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS