काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार पनि सुनको मूल्य घटेको थियो । महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३ सय रुपैयाँ घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय १० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७ सय २५ रुपैयाँ कायम भएको थियो ।
FACEBOOK COMMENTS