काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७ सय ९५ रुपैयाँ कायम भएको थियो ।
FACEBOOK COMMENTS