काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ बढेको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले उल्लेख गरेको छ ।
हिजो (बुधबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS