काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
हिजो (मंगलबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी १० रुपैयाँ बढेको हो ।
FACEBOOK COMMENTS