काठमाडौं । नेपाली बजारमा साताको तस्रो कारोबार दिन आज मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो । यस्तै चाँदीको मूल्य सोमबार तोलामा २ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS