काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेको जानकारी दिएको छ ।
महासंघले आज मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा १ हजार ७ सय रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको मुुल्य पनि बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ४० रुपैँयामा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS