काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS