काठमाडौं । चौधरी समूह (सीजी) ग्रुपले नयाँ विद्युतीय गाडी ब्रान्ड आयन वाई नेपाल भित्र्याएको छ । थापाथलीमा नयाँ शोरुम स्थापनाबाट जीएसी आयन ब्राण्डको ईभी बिक्री सुरु गरेको हो ।
चिनियाँ बजारमा उपलब्ध आयन वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । यसमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम छ भने कप होल्डर, वायरलेस चार्जरको सुविधा पनि छ ।
जीएसी आयन वाईमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । गाडीले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
गाडीमा १०० किलोवाटको मोटर छ। यसले १७६ एनएम टर्क क्षमता जेनेरेट गर्छ । गाडीको लम्बाइ ४५३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसमा २७५० एमएमको ह्विलबेस पाउन सकिन्छ ।
चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले जीएसी ब्रान्डले बीवाईडीसँग प्रतिस्पर्धा गर्ने बताएका छन् ।
उनले नेपालमा १० मध्ये ७ वटा विद्युतीय गाडी बिक्री भइरहेको बताए । चौधरीले मारूती सुजुकीजस्तै जीएसी पनि सफल हुने विश्वास राखेका छन् ।
आयन वाई मोडलको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सीजी मोटर्सले केवाईसी र किङलङ्गका विद्युतीय भ्यान समेत बिक्री गरिरहेको छ ।
FACEBOOK COMMENTS