काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्धभत्तालाई छिटो-छिटो दिने निर्णय गर्न बेर छैन भनेर बताएका छन् ।
बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा बोल्दै नेता थापाले भने, ‘मलाई त अब प्रतिष्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ। प्रतिष्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ। मजस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्ष भित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु ? कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छुरु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो। भाष्य नै हामीले गलत बनाएका छौँ।माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ। स्थानीय सरकारमा पनि प्रतिष्पर्धा छ। कसले कति बाँड्ने भन्ने प्रतिष्पर्धा छ।हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौँ।’
महामन्त्री थापाले नयाँ सरकारले अर्थतन्त्रलाई थप खुला गर्ने बाटो नचाले निजी क्षेत्रको विश्वास डगमगाउने पनि बताए।
FACEBOOK COMMENTS