काठमाडाैं । नेपाली कांग्रेसकाे संसदिय दलकाे नेतामा महामन्त्री गगन कुमार थापा र सभापति शेरबहादुर देउवा भिडने भएका छन् । कांग्रेसका अर्का घटक डा. शेखर काेइराला र गगनबीच मंगलबार भएकाे सहमती अनुसार देउवा विरूद्ध थापा प्रतिस्पर्धा गर्ने पक्का भएकाे हाे ।
शेखर गुटबाट नै महामन्त्री बनेका थापाले प्रतिनिधि तथा प्रदेशसभाकाे निर्वाचन अगिदेखिनै कांग्रेसका तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवार दिने घोषण गर्दै आएका थिए । तर, थापाकाे त्याे घाेषणामा डा. काेइरला बाधक बन्ने देखिएकाे थियाे ।
चुनाव सकिएसँगै काेइरालाले पनि आँफुपनि प्रधानमन्त्रीकाे उम्मेदवार दिने मनसाय व्यक्त गरेका थिए । तर, एक साताकाे छलफलपछि मंगलबार थापालाइ नै उम्मेदवार बनाउने सहमति जुटेकाे हाे ।
संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।
FACEBOOK COMMENTS