काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म अब कसैसँग छलफल नगर्ने बताएका छन् ।
संसद बैठकपछि आजै पत्रकार सम्मेलन गर्दै थापाले सभामुखले एमालेको आज्ञापालकको भूमिका निर्वाह गरेको आरोप लगाए ।
अब संसदीय समिति गठनको मागका विषयमा छलफलको औचित्यसमेत सकिएको उनको दाबी छ ।
‘अब छलफलमा बस्न हामीलार्ई मन छैने उनले भने, भोलि ११ बजेसम्म संसदीय छानबिन समिति गठन होस् । हामी अब छलफल गरेर बस्दैनौंं ।’
FACEBOOK COMMENTS