मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी ठगीमा जोसंलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्ने बताएका छन् ।
कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ४९ औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवस २०८१ लाई सम्बोधन गर्दै उनले गल्ती गरेको भए आफूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
बिपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै महामन्त्री थापाले पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए । उनले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बिपीलाई सम्झिने हो भने अन्याय हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य मोहन आचार्यले मेलमेलाप दिवसको अवसरमा सबै नेता तथा कार्यकर्तालाई पार्टीलाई बलियो बनाउन सङ्गठित भएर अघि बढ्न निर्देशन दिए ।
FACEBOOK COMMENTS