काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले चुनावी घोषणा पत्र निर्माण समिति गठन गरेको छ ।
प्रवक्तामा देवराज चालिसेले आजको बैठकले सभापति थापाको नेतृत्वमा चुनावी घोषणा पत्र समिति गठन गरेको जानकारी दिएका छन् ।
त्यस्तै बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।
प्रवक्ता चालिसेले निर्वाचन आयोगमा अध्यावधिक गर्ने, समानुपातिक सुची सच्याउने र आयोगमा हस्ताक्षर गर्ने व्यक्तिको नाम परिवर्तन गर्ने निर्णय बैठकले गरेको जानकारी दिएको छ । चालिसेले बैठक शुक्रबार पनि बस्ने जानकारी दिए ।

FACEBOOK COMMENTS