काठमाडौं । सभापति गगन थापाले नेपाली कांग्रेसको १५औं महाधिवेशनको विधिवत् उद्घाटन गरेका छन् ।
काठमाडौंको खुलामञ्चमा कांग्रेस सभापति थापाले महाधिवेशनको उद्घाटन गरेसँगै विधिवतरुपमा शुरू भएको हो । सभापति थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुघाटन गरेका हुन् ।
महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्व प्रधानमन्त्री डा, बाबुराम भट्टराईलगायत सहभागी छन्।
यस महाधिवेशनमा काँग्रेसका करिब ७६ सय प्रतिनिधि सहभागी हुँदैछन् । आज उद्घाटन समारोह हुदैछ भने सोमबार र मंगलबार बन्दसत्र हुने छ । बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ ।

