काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
कांग्रेस विशेष महाधिवेशनले १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य चयन गरेको छ ।
विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ भने महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेललाई चयन गरेको छ । त्यस्तै सहमहामन्त्रीमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव , प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगन्द्र चौधरी र कर्ण बहादुर बूढालाई चयन गरिएको छ ।
त्यस्तै विशेष महाधिवेशनले १२१ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ ।

FACEBOOK COMMENTS