काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग अदालतको अवहेलनामा लिखित जवाफ माग गरिएको छ ।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापालाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भनी लिखित जवाफ माग्न आदेश गरेको हो ।
थापाले केही दिनअघि एक कार्यक्रममा सर्वोच्चमा विचाराधीन ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ अभिव्यक्ति दिएका थिए ।
अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन परेको थियो ।
FACEBOOK COMMENTS