काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर राष्ट्र निर्माणमा लाग्ने योजनाका साथ अघि बढ्ने बताएका छन् ।
आगामी पाँच वर्ष राष्ट्र निर्माणमा लाग्ने योजनाका साथ अघि बढ्ने बताएका छन् । बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले उक्त कुरा बताए ।
थापाले पार्टीको प्रतिज्ञा पत्रमा समेत पाँच वर्षपछि परिणाम दिने योजना समेटिएको जानकारी दिए । इतिहासका विभिन्न घटनाहरूबाट प्रेरणा लिएर कांग्रेसले अहिलेको युवाहरूले खोजेको जस्तो देश बनाउने जिम्मेवारी लिन चाहेको उनले बताए ।
नेपाललाई अहिले सुधार चाहिएकाले सुधारको ग्यारेन्टी लिएर आफूहरू चुनावमा होमिएको उनको भनाइ छ । उनले देश बनाउन सबै राजनीतिक दलहरूलाई मिलाएर लैजानुपर्ने भएकाले यसको नेतृत्व कांग्रेसले गर्ने धारणा राखे ।
FACEBOOK COMMENTS